२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

मेनुका पौडेल इन्डियन आइडलको टप १० मा प्रवेश


बिर्तामोड, माघ ८ । झापा हल्दिबारीकी नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडलको टप १० मा प्रवेश गरेकी छन् ।

गए राति प्रशारण भएको शृृंखलाबाट उनी इन्डियन आइडलको १४ औँ संस्करणको टप १० मा प्रवेश गरेकी हुन् ।

गए राति उनले आफ्नो कम्फर्ट जोनबाट बाहिर गएर फास्ट बिटको गीत गाएकी थिइन् । जसको निर्णायकहरूले खुलेर प्रशंसा गरेका थिए ।

मेनुकाको गायिकीको भारतमा प्रशंसा भइरहेको छ । भोटका आधारमा प्रतिस्पर्धीहरू अगाडि बढ्ने वा शोज छोडेर फर्किने निर्णय हुने गरेको छ ।

भारतीय दिग्गज गायकगायिका तथा अभिनेताहरूले उनको गायकीको तारिफ गरिरहेका छन् । मेनुकाले केही समय अगाडि रिलिज भएको चलचित्र ‘सलार’ मा गीत गाउने अवसर पाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer