२०८१ जेठ ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

भुरुंगामा दुई समूहबीच झडप हुँदा बिर्तामोडका चौधरी र लिम्बू घाइते


बिर्तामोड, माघ ८ । झापाको कनकाईस्थित धनुषकोटीधाम (भुरुंगा) मा दुई समूहबीच झडप हुँदा दुईजना घाइते भएका छन् ।

वनभोज खान तथा रमाइलो गर्न गएका दुई समूहबीच खुकुरी हनाहान समेत भएको प्रहरीले जनाएको छ ।

बिर्तामोडबाट आएको वनभोज समूह र अर्को समूहका युवाहरुले मादक पदार्थ सेवन गरेर विवाद सिर्जना गर्दा आज साँझ भएको झडपमा भएको प्रहरीले जनाएको छ ।

विवादमा एउटा समूहले खुकुरी निकालेर प्रहार गर्दा बिर्तामोड-५ का उमेश चौधरी र दिपक लिम्बू घाइते भएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीले बताए ।

चौधरीको बिएन्डसी र लिम्बूको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको डिएसपी कार्कीले बताए । उनीहरुको टाउकोमा चोट रहेको जनाइएको छ । प्रहरीका अनुसार उनीहरुको अवस्था सामान्य छ ।

प्रहरीले खुकुरी प्रहार गर्ने समूहको खोजी गरिरहेको जनाएको छ । उनीहरुले प्रयोग गर्ने दुई थान मोटरसाइकल र खुकुरी बरामद गरेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer