२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

गायक प्रमोद खरेललाई कतारमा सम्मान


बिर्तामोड, माघ १४ । नेपालका चर्चित तथा झापाका गहना गायक तथा संगीतकार प्रमोद खरेललाई झापाली समाज कतारले सम्मान गरेको छ ।

कतार भ्रमणमा रहेका गायक खरेललाई दोहा कतारस्थित लालीगुराँस रेस्टुरेन्ट आयोजित एक कार्यक्रमका बीच शनिबार सम्मान गरिएको हो ।

झापाली समाजले नेपालभरि नै विभिन्न किसिमका विपदमा परेकालाई सहयोग गर्दै आएको छ । त्यस्तै, दुःखमा परेकालाई सकेको सहयोगमार्फत सामाजिक कामहरु गर्दै आएको छ ।

समाजले झापाका छोरा नेपालका प्रख्यात गायक तथा कलाकार भएका र प्रदेशमा रहेर पनि देशप्रति माया रहँदै आएको साथै देशका गहनाहरु मध्यका मुख्य पात्र कलाकार भएकोले उनलाई सम्मान गरिएको समाजले जनाएको छ ।

समाजका अध्यक्ष केशव कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गायक खरेलकै प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा समाजका संरक्षक चूडामणि कार्की, प्रमुख सल्लाहकार भवानी कोइराला लगायतको आतिथ्य रहेको थियो ।

समाजका उपाध्यक्ष चानीलाल राजवंशीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि गायक खरेल, संरक्षक कार्कीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम सञ्चालन सस्थाका महासचिव विजय मगर गरेको समाजका सदस्य विमल भारतीले जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer