२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

शिवसताक्षीमा छिमेकी साकोसको बृहत स्वास्थ्य शिविर


झिलझिले, माघ १७ । झापाको शिवसताक्षीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नगरकै ठुलो छिमेकी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र स्थानीय सेभेन सिज इङलिस बोर्डिङ स्कुलको सहआयोजनामा सो शिविर सम्पन्न भएको हो ।

सहिद दिवसको अवसर पारेर शिविर आयोजना गरिएको आयोजक छिमेकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहन प्रसाद मैनालीले जानकारी दिए ।

ओम साई पाथिभरा अस्पताल भद्रपुर, दृष्टि आँखा तथा कान अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको थियो । शिविरमा स्त्रीरोग, बालरोग, जनरल फिजिसियन, कान र आँखा सम्बन्धीका रोगका बिरामीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए ।

सो सिविरमा ओम साई पाथिभरा अस्पताल भद्रपुरका डक्टर कुन्दनकुमार यादव, डक्टर जयकुमार ठाकुर र डक्टर श्रवणकुमार राउतले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

स्वास्थ्य परीक्षण गर्न आउने बिरामीहरूले औषधि पनि निःशुल्क पाएका थिए । शिवसताक्षी नगरपालिका, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापा, नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ मेची र दृष्टि आँखा तथा कान अस्पतालले करिब दुई लाख ५० हजार बराबरको औषधि निःशुल्क वितरण गरेका थिए ।

सो शिविरमा ५६२ जनाले निःशुल्क स्वास्थ्य सेवा पाएका थिए । बृहत स्वास्थ्य शिविरमा रक्तदान समेत भएको थियो । रेडक्रस उपशाखा शिवसताक्षी र दमकको प्राविधिक सहयोगमा रक्तदान भएको आयोजक संस्थाका प्रबन्धक निर्देशक नर प्रसाद ओलीले बताए ।

आयोजक संस्थाका अध्यक्ष मोहनप्रसाद मैनालीको अध्यक्षतामा भएको सो कार्यक्रममा शिवसताक्षी-८ का वडा अध्यक्ष सन्तकुमार फेउदेनले समाज रूपान्तरणका लागि वित्तीय संघसंस्थाहरुले पु¥याएको योगदानको प्रशंसा गरे ।

छिमेकी बचत तथा ऋण सहकारी संस्थाकी सञ्चालक समिति सदस्य संगीता कोइराला सुवेदीले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि कार्यक्रम संयोजक उदयप्रकाश राईले प्रस्ट्याएका थिए । उनले छिमेकी बचत तथा ऋण सहकारी संस्थाले बर्सेनि समुदायमा रचनात्मक काम गर्दे आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer