२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा व्यवसायीको चुनावः चारजना पदाधिकारीको नाम टुङ्गियो


बिर्तामोड, माघ १७ । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनको लागि स्वतन्त्र व्यावसायिक प्यानलमा चारजना पदाधिकारीको नाम टुङ्गो लागेको छ ।

व्यवसायीहरुको प्यानलमा अध्यक्षमा अर्जुनकुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), महासचिवमा कृष्ण पौडेल नाम टुङ्गो लागेको हो ।

व्यवसायी ओमप्रकाश श्रेष्ठले पनि पदाधिकारीमै कुनै एउटा पद पाउने निश्चित भएको छ । बाँकी पदाधिकारी तथा सदस्यहरुको नाम टुङ्याउने विषयमा भने व्यवसायीहरुको आन्तरिक बैठक तथा छलफल चलिरहेको छ ।

अध्यक्षका उम्मेदवार मैनाली वर्तमान महासचिव, वरिष्ठ उपाध्यक्षका उम्मेदवार घिमिरे वर्तमान वाणिज्य उपाध्यक्ष र पौडेल वाणिज्य सचिव हुन् । फागुन १४ हुने निर्वाचनका लागि प्यानलहरु उम्मेदवार छनोटको प्रक्रियामा छन् ।

स्वतन्त्र व्यावसायिक प्यानलमा अन्य केही व्यवसायीको नाम पनि चर्चामा छ । युवराज निरौला, लक्ष्मीप्रसाद सापकोटा, गोमा भट्टराई लगायतको नाम चर्चामा रहेको हो ।

स्वतन्त्र व्यावसायिक प्यानलका उम्मेदवारहरु सदस्यता नवीकरण तथा मतदातासँगको भेटघाटमा व्यस्त छन् । बिर्तामोड नगरपालिका क्षेत्रभित्र रहेका सबै बजार, पसलमा पुगेर मतदातासँग भेटघाट तथा सदस्यता नवीकरण गराउने काम भइरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer