२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापा इनर्जीको उद्घाटनको सम्पूर्ण तयारी पूरा


बिर्तामोड, माघ १८ । देशकै ठुलो सौर्य परियोजना ‘झापा इनर्जी’ ले उद्घाटनको सम्पूर्ण तयारी पूरा गरेको छ । यो झापाको पहिलो विद्युत उत्पादन गृह हो ।

शिवसताक्षी–४ मा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाबाट उत्पादित ऊर्जा मेन ग्रिडमा जडान भइसकेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परियोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको झापा इनर्जीका सञ्चालक सुवास भट्टराईले जानकारी दिए ।

सोलार प्यानलमार्फत उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको बोलोचोक सबस्टेसनमा जोडिएको छ । यहाँबाट उत्पादित बिजुलीको नमुना परीक्षण सकिएर निरन्तर उत्पादन सुरु भइरहेको उनले बताए ।

परियोजनामा ८० करोड रुपैयाँ लगानी छ भने २७ बिघा जमिनमा सोलार प्यानल तथा आवश्यक भौतिक संरचना निर्माण गरिएको छ । आयोजना र प्राधिकरणबीच २०७८ मंसिर १२ मै विद्युत खरिद, बिक्री प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले गर्ने सम्झौता भएको थियो ।

झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवासहितको सक्रियतामा चार वर्षअघि सुरु भएको सौर्य ऊर्जा परियोजनाको शिलान्यास २०७८ सालमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए ।

कम्पनीका अध्यक्ष साँवाले नेपालमा विद्युत ऊर्जा उत्पादनको ११४ वर्षमा तीन हजार मेगावाट मात्र उत्पादन भइरहेको भन्दै यो प्लान्टले नेपालको ऊर्जा क्षेत्रमा एउटा नयाँ आयाम थपेको दाबी गरे ।

नेपाल विद्युत प्राधिकरण दमकका प्रमुख परितोष चौधरीले परीक्षण प्रशारणको ३५ दिनमा ८ लाखबाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको जनाए । उनले हाल ६ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा थप भए पनि मौसम सफा भएको समयमा १० मेगावाट उत्पादन हुने बताए ।

कम्पनीका प्रबन्ध निर्देशक नारायणप्रसाद पोखरेलले माघ २३ गते हुने उद्घाटनका लागि सबै तयारी भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer