२०८१ बैशाख १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तासिटीका डक्टर बेल्वासेलाई स्विजरल्यान्डबाट एओ ट्रमा फेलोसिप


बिर्तामोड, माघ १८ । हाड जोर्नी प्रत्यारोपण तथा दूरबिन प्रविधिबाट नशा रोगको उपचार गर्ने नेपाल मेडिकल काउन्सिबाट मान्यता प्राप्त नेपालकै पहिलो विशेषज्ञ डक्टर हुन् रुपेशजङ्ग बेलवासे ।

नेपाल मेडिकल कलेज काठमाडौँबाट सन् २०१३ मा एमबिबिएस गरेका डक्टर बेल्वासेले सन् २०१८ मा बनारस हिन्दु विश्व विद्यालयबाट एमएस गरेका थिए । उनले हाड जोर्नी प्रत्यारोपण तथा दूरबिन प्रविधिबाट नशा रोगको फेलोसिप अस्ट्रियाबाट गरेका हुन् । भारतको अपोलो अस्पताल नयाँ दिल्लीमा समेत काम गरेको उनमा अनुभव छ ।

बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालमा विगत साढे चार वर्षदेखि कार्यरत डक्टर बेल्वासेले यही वर्ष एओ ट्रमा फेलोसिप (स्विजरल्यान्ड) बाट जारी गरिने छात्रवृत्ति प्राप्त गरेका हुन् ।

युरोपबाट पाएको एओ ट्रमा फेलोसिप लिएका डक्टर बेल्वासेले अब जटिल रोगको समेत अझ सरल तरिकाबाट उपचार गर्ने भएका हुन् । यही फेलोसिपका क्रममा उनले हंगेरी र जर्मनीमा पनि सिक्ने अवसर पाएका थिए ।

बिर्तासिटी अस्पतालमा कार्यरत डक्टर बेल्वासेले यसअघि पनि छिनेका हात जोडेका थिए । बिरामीको छिनेको हात शल्यक्रियाका माध्यमबाट जोडर सफल उपचार गरेसँगै डक्टर बेल्वासेको चर्चा पूर्वमा चुलिएको थियो ।

डक्टर बेल्वासेले बिर्तासिटी अस्पतालमा हालसम्म पाँच हजारभन्दा धेरै बिरामीको सफल उपचार गरिसकेका छन् । काठमाडौँ स्थायी घर भएका डक्टर बेल्वासेसँग उपचार लिने सेवाग्राहीमा सबैभन्दा धेरै हात खुट्टा भाँचिने र नशा काटिनेहरु रहेका छन् । यसैगरी डक्टर बेल्वासेकहाँ सेवा लिन आउनेहरु मेरुदण्ड, दूरबिनबाट उपचार र जोर्नी प्रत्यारोपणका रहेका छन् ।

एओ ट्रमा फेलोसिप (स्विरजरल्यान्ड) बाट प्राप्त गरी यो उपाधि पाउने डक्टर बेल्वासे झापाका लागि जिल्लाकै पहिलो हाडजोर्नी विशेषज्ञ डा. हुन् । हाडजोर्नी सम्बन्धी युरोपबाट एओ ट्रमा फेलोसिप प्राप्त गरेसँगै आगामी दिनमा यो अस्पतालबाट सेवाग्राहीलाई अझ सरल तरिकाले उपचार प्रदान गर्न सहज हुने अस्पतालका व्यवस्थापक विनोद बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer