२०८१ बैशाख १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा व्यवसायीको चुनावः समिल राईको सदस्यमा उम्मेदवारी घोषणा


बिर्तामोड, माघ १९ । बिर्तामोडमा व्यापारसँगै समाजसेवामा जमेका युवा समिल राईले बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् ।

बिर्तामोडका स्थापित व्यवसायी राईले फागुन १४ गते हुने संघको निर्वाचनमा कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले कुनै राजनीतिक दलको तर्फबाट नभई स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेको झापा टुडेलाई जानकारी दिए ।

बिर्तामोडमा अलुमिनियम तथा स्टिल फर्निचरको व्यवसाय सञ्चालन गर्ने पहिलो व्यक्ति रहेका ३९ वर्षीय राई स्थानीय व्यवसायीमाझ लोकप्रिय पनि छन् ।

बिर्तामोडमा परिचित अनुहार रहेका समाजसेवी तथा खेलप्रेमी राई किरात राई यायोक्खा बिर्तामोडका सक्रिय सदस्य हुन् ।

झापा ११ एफसी र झापा गोल्ड कपका कार्यसमिति सदस्य रहेका राई बिर्तामोडका सफल र चिनिएका व्यवसायी हुन् । उनले दर्जनौँ सामाजिक संघसंस्थामा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

सामाजिक विकृति तथा समस्याहरुको समाधानको विषयमा बोल्ने तथा विपन्नहरुको अप्ठ्यारोमा सदैव लागिपर्ने राई अभियन्ता समेत हुन् ।

उनी हाल झापा जिल्ला अलुमिनियम तथा स्टिल व्यवसायी संघका अध्यक्ष रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer