२०८१ बैशाख १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

क्यान्सर रोगविरुद्ध बिर्तामोडमा साइकल यात्रा


बिर्तामोड, माघ २१ । क्यान्सर रोगविरुद्ध सचेतना जनाउने उद्देश्यका साथ झापाको बिर्तामोडमा साइकल यात्रा भएको छ ।

आज बिर्तामोडको पूर्वाञ्चल क्यान्सर हस्पिटलबाट सुरु भएको यात्रा मातामन्दिर शनिश्चरे हुँदै चारपाने भएर पुनः हस्पिटलमै आएर टुंगिएको थियो ।

साइकल यात्रामार्फत क्यान्सरको जोखिम घटाउने तथा मानसिक तथा शारीरिक रुपमा स्वस्थ रहन साइकल यात्रा गर्न प्रोत्सहान गर्न कार्यक्रम आयोजना गरिएको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीे जानकारी दिए ।

‘हेरचाह अन्तर बन्द गर्न सवारी गरौँ’ भन्ने नाराका साथ साइकल यात्रा आयोजनाको तयारी गरिएको यात्रा व्यवस्थापन गरेका प्याक एन्ड प्याडलका सञ्चालक आकाश श्रेष्ठले जानकारी दिए ।

पूर्वाञ्चल क्यान्सर हस्पिटल, नेपाल क्यान्सर फाउन्डेसन, रोट्र्याक्ट क्लब अफ बिर्तामोड मिड टाउन र प्याक एन्ड प्याडलसँगको सहकार्यमा यात्रा आयोजना गरिएको हो ।

१८ किलोमिटर साइकल यात्रामा बिर्तामोड, बुद्धशान्ति, अर्जुनधारा क्षेत्रका १० वर्षदेखि ६२ वर्ष उमेरका ५० जना महिला तथा पुरुष साइक्लिस्टहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer