२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

चलचित्र निर्देशक निश्चलले स्वास्थ्य संस्थालाई दान दिए तीन रोपनी जग्गा


बिर्तामोड, माघ २३ । झापाको बिर्तामोडका चलचित्र निर्देशक तथा कलाकार निश्चल बस्नेतले इलाम–१ साखेजुङमा रहेको आफ्नो जग्गा स्थानीय स्वास्थ्य संस्थालाई दान गरेका छन् ।

आज (मंगलबार) इलामस्थित मालपोत कार्यालय आएका कलाकार बस्नेतले आफ्नो नामको २ ख ५३ कित्ता नम्बर रहेको तीन रोपनी दुई दाम दुई पैसा जमिन स्थानीय आधारभूत स्वास्थ्य सेवा उपकेन्द्रलाई दान दिएका हुन् ।

आफ्नो घर भएको ठाउँको जग्गा दान दिन पाउँदा खुसी भएको कलाकार बस्नेतले बताए ।

‘हाम्रो घर यही साखेजुङ हो, बुबा बसाइँ सरेर जानुभए पनि म बाल्यकालदेखि नै बुबा र परिवारसँग साखेजुङ आउजाउ गर्थें,’ मालपोतमा जग्गा दान गरिसकेपछि उनले भने, ‘अहिले पनि बुबासँगै आएको छु ।’

वडा नम्बर १ का अध्यक्ष गायत्रीराम बस्नेतले जनता आधारभूत विद्यालयसँगै रहेको स्वास्थ्य उपकेन्द्रलाई जग्गा निकै साँघुरो भएका बेला कलाकार बस्नेतले दिएको जमिन निकै उपयोगी हुने बताए ।

‘उनले प्रदान गरेको जमिन बाटोसँगै जोडिएकाले पनि मूल्यवान र उपयोगी छ,’ उनले भने, ‘साँघुरो रहेको स्वास्थ्य उपकेन्द्र अब सुविधाजनक हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer