२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

क्यानडामाथि नेपालको रोमान्चक जित


बिर्तामोड, माघ २५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा ७ रनको रोमान्चक जित दर्ता गरेको छ ।

नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडा १३ बलअघि २१७ रन बनाउँदा अल आउट भयो । १७४ रन बनाउँदा ४ विकेट गुमाएको क्यानडाले त्यसपछि ४३ रन जोड्दा ६ विकेट गुमायो ।

क्यानडाका निकोलस किर्तोनले ६८ र प्रगत सिंहले ५० रन बनाए । नेपालका कप्तान रोहित पौडेलले ४ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनायो । नेपालका कुशल भुर्तेलले अर्धशतक बनाए ।

भुर्तेल ५८ बलमा ६२ रन बनाएर आउट भए । त्यस्तै, आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २० रन बनाए । क्यानडाका उदय भगवानले ३ विकेट लिए ।

नेपाल र क्यानडाबीच ३ वटा खेलको शृंखलाको दोस्रो खेल पर्सि शनिबार र अन्तिम खेल सोमबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer