२०८१ बैशाख २७ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा बृहत जनवादी गीति कार्यक्रम हुने


बिर्तामोड, माघ २८ । झापाको बाह्रदशीमा रहेको सहिद प्रजापति स्मृति प्रतिष्ठानले बृहत जनवादी गीति कार्यक्रम गर्ने भएको छ ।

बिर्तामोडमा आज पत्रकार भेटघाटमा कार्यक्रमबारे जानकारी दिइएको हो । कार्यक्रममा जनवादी गायक राजन राई, मधु गुरुङ तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहने अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।

फागुन २१ गते कार्यक्रमको सांगीतिक व्यवस्थापन बिर्तामोडको सनलाइट म्युजिक विद्यालयले गर्ने भएको छ ।

जनवादी गीत संगीतको संरक्षण तथा प्रवर्धन गर्न तथा प्रजापति सापकोटालाई राष्ट्रिय सहिद घोषणा गर्न दबाब दिन बृहत जनवादी गीति कार्यक्रम गर्न लागिएको सापकोटाले बताए ।

दुई हजार दर्शक स्रोताको उपस्थिति रहने कार्यक्रमकै अवसरमा जग्गादाता तथा घटनाका समकक्षीहरुलाई सम्मान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer