२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका कटवाल मकैबारीमा मृत भेटिए


बिर्तामोड, माघ २८ । झापाको झापा गाउँपालिका-६ दुर्गाचोकमा एक व्यक्ति मृत अवस्था भेटिएका छन् ।

आज दिउँसो २ः४५ बजेको समयमा झापा गाउँपालिका ६ दुर्गाचोकमा सोही गाउँपालिकाको मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय रोहितबहादुर कटवाल मृत भेटिएका हुन् ।

स्थानीय हरिबहादुर बानियाँको मकैबारीमा पानी लगाउन गएकोमा सोही ठाउँमा कटवाल मृत अवस्थामा भेटिएपछि सम्बन्धित वडाका वडा अध्यक्षले प्रहरी चौकी शरणामतीमा जानकारी गराएका थिए ।

मृतक कटवाल पहिलादेखि नै छारेरोगको बिरामी रहेको र औषधि सेवनसमेत गरिरहेको आफन्तले जानकारी दिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer