२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

गायिका मेनुका पौडेलले चार सहरमा सांगीतिक प्रस्तुति दिने


बिर्तामोड, फागुन ६ । भारतीय रियालिटी सो इन्डियन आइडलपछि चर्चामा आएकी झापाकी गायिका मेनुका पौडेलले नेपालका प्रमुख सहरमा सांगीतिक प्रस्तुति दिने भएकी छिन् ।

उनले काठमाडौँ, पोखरा, चितवन र इटहरीमा एकल कन्सर्ट गर्ने तय भएको छ । तपस्या इन्टरटेनमेन्टको आयोजनामा फागुन १८ गतेदेखि चैत १६ गतेसम्म ती चार सहरमा मेनुकाले प्रस्तुति दिनेछिन् ।

अप्रिलदेखि उनको विश्व टुर सुरु हुँदैछ । त्यसअघि उनले नेपाल टुरसहित केही रेकर्ड गर्ने तयारी छ ।

दुई साताअघि इन्डियन आइडलको अन्तिम १० बाट बाहिरिएकी मेनुकाले ‘सलार’ बाट भारतीय फिल्ममा डेब्यु समेत गरेकी छन् । उनको फिल्म लाइनअप समेत तयार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer