२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

शिवसताक्षीमा अटोले साइकललाई ठक्कर दिँदा बालिकाको मृत्यु


बिर्तामोड, फागुन ७ । झापामा तीन पांग्रे सवारी साधन अटोले दुईवटा साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी–८ स्थित सम्झनाचोकमा आइतबार साँझ ६ः५० बजेको समयमा मे. १ ह ५८०५ नम्बरको अटोले ठक्कर दिँदा साइकलमा सवार शिवसताक्षी–८ की ९ वर्षीया शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा शीतलका बुवा दिलिप श्रेष्ठ र उनका दिदी ११ वर्षीया गोमा श्रेष्ठ घाइते भएका छन् ।

एउटा साइकलमा शीतल र उनका बुवा दिलिप सवार थिए भने अर्को साइकलमा गोमा सवार रहेकी थिइन् । पछाडिबाट आएको अटोले दुवै साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइते बुबा छोरीको सोही अस्पतालमा उपचार भइरहेको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार अटो चालक शिवसताक्षी–८ का ५२ वर्षीय पूर्णबहादुर भट्टराई मदिराले लट्ठ भएर मातेका थिए । अटो र चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer