२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

हल्दिबारीमा ट्र्याक्टरले ठक्कर दिँदा राजवंशीको मृत्यु


बिर्तामोड, फागुन ७ । झापाको हल्दिबारीमा ट्र्याक्टरको ठक्करबाट एकजना पुरुषको मृत्यु भएको छ ।

उपचारका क्रममा आज दिउँसो १२ः३० बजे घाइते दिनेश राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार मध्यान्ह १२ बजेको समयमा हल्दिबारी-२ रामलालचोकस्थित भद्रपुर–हल्दिबारी सडकखण्डमा ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको ना. १७ प १०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४२ वर्षीय राजवंशी गम्भीर घाइते भएका थिए ।

घाइतेलाई उपचारको लागि ओम साई पाथिभरा अस्पताल भद्रपुर लगिएकोमा थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो ।

भद्रपुर-२ बस्ने २३ वर्षीय सविन जोगीले कुदाएको को. १ त ५०४६ नम्बरको ट्र्याक्टरले ठक्कर दिएको भनी अनुसन्धानबाट खुल्न आएपछि ठक्कर दिने ट्र्याक्टर र चालक जोगी जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer