२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

प्रादेशिक अस्पताल भद्रपुरलाई एक्स-रे र प्रिन्टर हस्तान्तरण


भद्रपुर, फागुन ९ । भद्रपुरस्थित प्रादेशिक अस्पताललाई एक्स-रे र प्रिन्टर मेसिन हस्तान्तरण गरिएको छ ।

नेपाल क्षयरोग निवारण संस्था भद्रपुरले अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) द्वारा प्राप्त एक्स–रे मेसिन र संगम बायो मेडिकल सोल्युसन विराटनगरले प्रदान गरेको प्रिन्टर मेसिन बुधबार एक कार्यक्रमका बीच प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको हो ।

अस्पतालभित्रै करिब डेढ करोड रुपैयाँ लागतमा जडान गरिएको एक्स–रे मेसिन सञ्चालन गर्ने सहमतिअनुसार १४ बुँदे सम्झौतापत्रमा नेपाल क्षयरोग निवारण संस्था भद्रपुरका सभापति गोपालबहादुर थापा र प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डक्टर रामबाबु खड्काले हस्ताक्षर गरेका हुन् ।

एक मात्र ठुलो सरकारी अस्पतालमा पछिल्लो समयमा बिरामीको चाप अत्यधिक बढेको र एक्स–रे सेवालाई छिटोछरितो बनाउने उद्देश्यले क्षयरोग निवारण संस्थाको पहलमा दातृसंस्थाहरूले एक्स–रे र प्रिन्टर मेसिन उपलब्ध गराएको संस्थाका सभापति थापाले जानकारी दिए ।

उनले सम्झौतापत्र अनुसार क्षयरोग निवारण संस्थाबाट एक्स–रे सेवाका लागि सिफारिस गरिएका अति विपन्न व्यक्ति र क्षयरोगीहरूलाई निःशुल्क सेवा दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डक्टर खड्काले अस्पताललाई प्रदान गरिएको एक्स–रे मेसिनले सेवाग्राहीलाई फाइदा पुग्ने विश्वास लिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer