२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

धुलाबारीमा विद्यार्थीले बनाएको इन्जिनियरिङ नमुनाको प्रदर्शनी हुने


मेचीनगर, फागुन ११ । मेचीनगर पोलिटेक्निक इन्स्टिच्यूटले यही फागुन १७ र १८ गते इन्जिनियरिङ प्रदर्शनी गर्ने भएको छ ।

इन्स्टिच्यूटका आइटी, सिभिल र आर्किटेक्चर विषयमा अध्ययनरत् विद्यार्थीले निर्माण गरेका वैज्ञानिक साधनहरु धुलाबारी क्याम्पस परिसरमा हुने उक्त प्रदर्शनीमा देखाइने प्रिन्सिपल ई. रुद्र मैनालीले बताए ।

उनका अनुसार प्रदर्शनीमा विद्यार्थीको दश वटा समूहले फरक फरक प्रस्तुति राख्नेछन् । मेचीनगरका एक हजारभन्दा बढी विद्यार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

सिभिल इन्जिनियरिङ विभागका शिक्षक सागर बुढाथोकीले कार्यक्रममा स्मार्ट सिटी, पुल, टनेल आदिको नयाँ मोडेलहरु राखिने छन् । विद्यार्थीहरुले बनाएको नमुना रिमोटवाला गाडी र पोलुसन रिडक्सन मोडेल पनि प्रदर्शनीमा राखिने भएको छ ।

मेचीनगरको एक मात्र प्राविधिक शिक्षालयको रुपमा रहेको यस इन्स्टिच्यूटमा हाल १३८ विद्यार्थी अध्ययनरत् छन् । प्रदर्शनीले विद्यार्थी तथा अभिभावकहरुलाई आँगनमै रहेको कलेजमा विश्वस्तरीय प्राविधिक विषयमा गुणस्तरीय पठनपाठन भइरहेको र पढ्नका लागि ठूलो धनराशी खर्चेर विदेश गइरहनु नपर्ने सन्देश प्रवाहित हुने आशा गरिएको प्रशासन प्रमुख पुष्प पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer