२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

भोलि किचकबध धार्मिक मेला, तयारी पूरा


बिर्तामोड, फागुन ११ । भोलि शनिबार लाग्ने महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध धार्मिक मेलाको तयारी पूरा भएको छ। हरेक वर्ष माघे शुल्क पूर्णिमारस्वस्थानी व्रतका दिन किचकबध मेला लाग्दै आएको छ।

भद्रपुर नगरपालिका २ र ३ नम्बर वडामा पर्ने किचकबध धार्मिक स्थलमा लाग्ने मेलाको तयारी पूरा भइसकेको किचकबध, धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सहसचिव तथा मेला आयोजक समितिका संयोजक गुणहरि ढुंगानाले जानकारी दिए।

किचकबधको धार्मिक पोखरीमा माघे शुल्क पूर्णिमा दिन स्वतःस्फूर्त पानी आउने गरेकोले सो पोखरीमा नुहाउँदा व्रतालु भक्तजनहरूले इच्छाएको मनकामना पुरा हुने धार्मिक विश्वास रहेको छ।

भक्तजनहरूले पोखरीमा पैसा फाल्ने, पान र सुपारी राखेर पूजा अर्चना गरी परेवा उडाउने धार्मिक प्रचलन पनि छ।

भक्तजनहरूले भीमसेनले किचकलाई वध गरेको मूर्तिमा समेत पूजाअर्चना गर्ने गर्छन्। किचकबध मेलामा झापासहित पूर्वका विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरू आउन गरेकाले घुइँचो नै लाग्ने गरेको छ।

महाभारतकालीन किंवदन्ती अनुसार विराट राजाका सालो किचक सेनापति थिए। पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूप माथि कुदृष्टि राख्ने सेनापति किचकलाई भीमसेनले मुड्क्याएर मारेको किंवदन्ती छ।

सोही कथावस्तुलाई आधार मानेर यस ठाउँको नाम किचकबध राखिएको र पछि किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको नामकरण गरिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer