२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापाको ३९७ रोपनी सरकारी जग्गा रैकर बनाएको आरोपमा १७२ जना विरुद्ध मुद्दा दायर


बिर्तामोड, फागुन १३ । झापाको दमकस्थित बालुवाटारको ३९७ रोपनी ८ आना जग्गा गैरकानुनी तरिकाले ‘रैकर’ कायम गराएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ ।

जग्गा हालसाबिक गर्दा व्यक्तिको नाममा घुसाएको आरोपमा १७२ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता (सहसचिव) नरहरि घिमिरेले बताए ।

रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फको सार्वजनिक जग्गा हिनामिनामा संलग्न नापी कार्यालय दमकका १० जना कर्मचारी, मालपोत कार्यालयका झापाका ११ जना कर्मचारी र नापी कार्यालय चन्द्रगढीका ७ जना कर्मचारीलाई अख्तियारले प्रतिवादी कायम गरेको छ ।

गैरकानुनी तरिकाले आफ्नो जग्गामा सरकारी जग्गा घुसाउने ३६ जना तथा जग्गा जफत प्रयोजनका लागी १०८ जनासहित १७२ जनालाई प्रतिवादी बनाइएको आयोगका प्रवक्ता घिमिरेले जानकारी दिए ।

आरोपीहरूले न्यूनतम मूल्य ३४ करोड ६६ लाख ५४ हजार पर्ने जग्गा दोस्रो नापीमा ‘रैकर’ कायम गराएर नापनक्सा सहित हालसाबिक पुर्जा लिएका हुन् । २०२१ सालको नापीमा सो जग्गा सरकारी कायम रहेको अख्तियारको अनुसन्धान निष्कर्ष छ ।
-रातोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer