२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा फागुन १७ गतेदेखि सडक फुड फेस्टीवल हुने


बिर्तामोड, फागुन १५ । झापाको बिर्तामोडमा यहि फागुन १७ गतेदेखि सडक फुड फेस्टीवल हुने भएको छ ।
होटल व्यवसायी संघको आयोजनामा फागुन १७ गतेदेखि चैत ७ गतेसम्म सडक फुड फेस्टीवल हुने भएको हो।

संघले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी संघले तेस्रोपटक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।

मेची आँखा अस्पतालमा उत्तरपूर्वी भारतका बिरामीसमेत आँखाजाँच र उपचारका लागि आउने बिरामीहरुको समेत सहभागिता रहने गरी बिर्तामोड–३ स्थित मेची आँखा अस्पतालसँग जोडिएको खाली जग्गामा फुड फेस्टीवल आयोजना गरिएको संघकी अध्यक्ष इन्दिरा श्रेष्ठले बताइन् ।

आर्थिक मन्दिका कारण व्यापार व्यवसाय संकटमा परिरहेको बेला व्यवसायीलाई राहत दिने गरी फेस्टीवल आयोजना गरिएको महासचिव शिवराज पौडेलले जानकारी दिए। उनले स्थानीय जातजातिका भेषभूषा र संस्कृतिको समेत प्रचारप्रसार हुने बताए ।

फेस्टीवलमार्फत स्थानीय अर्गानिक कृषि उत्पादनलाई अधिकतम् रुपमा खपत गर्ने उद्देश्य राखिएको छ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज प्रालिले सह प्रायोजन गरेको कार्यक्रम नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।

गोर्खा ब्रुअरीले मुख्य प्रायोजन गरेको फेस्टीवलमा दैनिक स्थानीय जात जातिका खानाका परिकार, संस्कृति झल्काउने झाँकी प्रदर्शन र राष्ट्रियस्तरका कलाकारको प्रस्तुति रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer