२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा राजु न्यौपाने विजयी


बिर्तामोड, फागुन १६ । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने विजयी भएका छन् ।

मतगणनाको अन्तिम मतपरिणाम अनुसार न्यौपानेले २२२५ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १५२० मत पाएका छन् । जुन ७०५ मतको अन्तर हो ।

मतगणनाको अन्तिम मतपरिणाम अनुसार न्यौपानेले २२२५ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १५२० मत पाएका छन् । जुन ७०५ मतको अन्तर हो ।

बहुमतसहित लोकतान्त्रिक प्यानल विजयी भएको हो भने केही पदमा स्वतन्त्र प्यानलका उम्मेदवारहरुले विजय हासिल गरेका छन् ।
१९ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, जनसम्पर्क उपाध्यक्ष, कोषाध्यक्ष, तीन खुला सदस्य र एक महिला सदस्यबाहेक बाँकी १२ पदमा लोकतान्त्रिक प्यानलले वर्चस्व कायम गरेको हो ।

वरिष्ठ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलका राजकुमार घिमिरे राजु १८२६ मतसहित विजयी भएका छन् । त्यस्तै, महासचिवमा लोकतान्त्रिक प्यानलका कुशल खतिवडा २११९ मत ल्याएर विजयी भएका छन् ।

उद्योग उपाध्यक्षमा लोकतान्त्रिक प्यानलकै विशाल थापा २१०३ मतसहित निर्वाचित भएका छन् । त्यस्तै वाणिज्य उपाध्यक्षमा पनि लोकतान्त्रिक प्यानलकै जीवनकुमार खड्का १९२१ मतसहित विजयी भएका छन् ।

जनसम्पर्क उपाध्यक्षमा भने स्वतन्त्र प्यानलकी गोमा भट्टराईले १८६१ मतसहित जितेकी छन् । त्यस्तै, उद्योग सचिवमा लोकतान्त्रिकका पुकार बरालले १९९५ मतसहित जित्दा वाणिज्य सचिवमा पनि लोकतान्त्रिककै राजकुमार शाह १८५५ मतसहित निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा स्वतन्त्र प्यानलका युवराज निरौलाले १८८६ मतसहित जित्दा सहकोषाध्यक्षमा लोकतान्त्रिक प्यानलकी तिलोत्तमा खत्री १८२७ मतसहित विजयी भएकी छन् ।

त्यस्तै, सदस्यहरुमा लोकतान्त्रिकका अनन्तलाल महतो १७६३ , रमेश घिमिरे १८०१, दिनेश श्रेष्ठ १६७२, डिल्लीराम कोइराला १५६१ मतसहित विजयी हुँदा स्वतन्त्र प्यानलका तर्फबाट कृष्णप्रसाद बजगाईं १६६८ , शत्रुघन गुप्ता १५३० र केदार खनाल १५४५ मतसहित विजयी भएका छन् ।

त्यस्तै, महिला सदस्यमा लोकतान्त्रिककी सुशीलाकुमारी कार्की १७५७ र स्वतन्त्र प्यानलकी सुष्मा उप्रेती सुवेदी १६९५ मतसहित विजयी भएकी छन् । मतदानमा ४ हजार ९५ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer