२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

काँकरभिट्टाबाट खैरो हिरोइनसहित तीनजना पक्राउ


मेचीनगर, फागुन १७ । प्रहरीले झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट लागुऔषधसहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो साँझ साठे सात बजे उनीहरुलाई खैरो हिरोइनजस्तो देखिने पदार्थसहित काँकरभिट्टाको दार्जिलिङ होटलअगाडि पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा अर्जुनधारा १० कालिस्थान घर भई मेचीनगरस्थित सुनगाभा टोलमा डेरा गरी बस्ने २६ वर्षीय प्रकाश पौडेल, २२ वर्षीय पुजन तामाङ र काठमाडौँ १६ ढुंगेअड्डा बस्ने ३० वर्षीय ईश्वर आधिकारी छन् ।

गोप्य सूचनाको आधारमा जाँच गर्ने क्रममा पुजन तामाङको साथबाट लुकाइछिपाई ल्याउँदै गरेको खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरिएको थियो ।

सो पदार्थ प्लास्टिकसहित ४७ ग्राम १७ मिलिग्राम र प्लास्टिकबाहेक ४७ ग्राम रहेको झापा प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer