२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बेलबारीमा दुर्घटना हुँदा झापाका तीनजनाको मृत्यु


बिर्तामोड, फागुन १८ । मोरङको बेलबारीमा तीनवटा सवारी साधन ठोक्किए दुर्घटना हुँदा झापाका तीनजनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–१ र ३ को सिमानामा शुक्रबार बिहान दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटना परेर झापाको कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका–४ की ४४ वर्षीया दिपा खानाल र झापाको बिर्तामोड नगरपालिका–२ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको हो ।

दुर्घटना गम्भीर घाइते भएकामध्ये यदुकान्त र दिपाको विराटनगरस्थित कोशी अस्पताल तथा कृष्णको विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको हो ।

उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ यदुकान्त र दिपालाई चिकित्सकले मृत घोषित गरेका थिए । कृष्णको उपचारका क्रममा बिहान ०८ः५५ बजे न्युरोमा मृत्यु भएको हो । दुर्घटनामा परेर अरु २ जना घाइते भएका छन् ।

दुर्घटनामा परेर बोलेरो जिप पूर्णरूपले क्षतिग्रस्त बनेको छ । टिपरको अगाडिको भागमा क्षति पुगेको छ । बसको भने पछाडिको भागमा सामान्य क्षति भएको प्रहरीले बताएको छ ।

प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का २३ वर्षीय चन्द्रबहादुर विक तथा बस र चालक सुन्दरहरैँचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer