२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु


मेचीनगर, फागुन २० । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । एकजना बालिका गंभीर घाइते भएकी छिन् ।

मृत्यु हुनेमा मेचीनगर–५ की ५५ वर्षीया देवीमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हिजो साँझ ७ बजे मेचीनगर–५ को भित्री पक्की सडकखण्डमा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे.११प५७६५ नम्बरको सेतो बुलेट मोटरसाइकलले पैदलयात्री स्थानीय देवीमाया र नबिन विश्वकर्माकी ६ वर्षीया छोरी निशालाई ठक्कर दिएको थियो ।
घाइते आमाछोरीलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । उपचारको क्रममा देवीमायाको साँझ ७ः३० बजे मृत्यु भएको हो । नाकमा चोट लागेकी बालिका निशाको गंभीर अवस्थामा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer