२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापा गोल्ड कपः आज एनआरटी र चर्च ब्वाइज खेल्दै


बिर्तामोड, फागुन २२ । छैटौँ झापा गोल्ड कपअन्तर्गत आज एनआरटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच दोस्रो क्वार्टर फाइनल खेल हुँदैछ ।

चर्च ब्वाइजले पहिलो चरणको खेलमा नेपाल पुलिस क्लबलाई हराएर क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । न्यु रोड टिम (एनआरटी) ले सोझै क्वार्टर फाइनल खेल्न लागेको हो ।

लिग लिडर चर्च ब्वाइज र पछिल्लो समय लयमा रहेको एनआरटी क्लबबीचको खेल रोमाञ्चक हुनेछ आशा गरिएको छ ।

एनआरटीलाई यो सिजनको झापा गोल्ड कपमा उपाधि दाबेदारका रुपमा हेरिएको छ । भर्खरै सम्पन्न केपी ओली कप फुटबल प्रतियोगितामा एनआरटी क्लब मछिन्द्र क्लबसँग फाइनलमा पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer