२०८१ जेठ १ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

झापा गोल्ड कपद्वारा एपिएफलाई कारबाही


बिर्तामोड, फागुन २२ । झापा गोल्ड क्लबले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई कारबाही गरेको छ ।

फागुन २१ गते बागमती युवा क्लबसँग भएको खेलमा एपिएफले खेलाडीको जर्सी तथा जर्सीको रङ सम्बन्धी नियम उल्लंघन गरेको जनाउँदै झापा गोल्ड क्लबले कारबाही गरेको हो ।

झापा गोल्ड कप २०८० नियमावलीको २३ (ख) ले दिएको अधिकार प्रयोग गरी एपिएफमाथि कारबाही गरिएको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले बताए ।
उनका अनुसार खेल मर्यादा विपरीतका गतिविधि गरेकाले एपिएफलाई ११ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ ।

प्रतियोगिता नियमावलीको पूर्ण परिपालना गर्न र भविष्यमा यस किसिमका गल्तीहरू नदोहोर्याउन एपिएफलाई सचेत गराउँदै लिखित प्रतिबद्धता माग गर्ने पनि निर्णय भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

झापा गोल्ड कप व्यवस्थापनले एपीएफ फुटबल क्लबको टिम व्यवस्थापनलाई कारबाही सम्बन्धमा लिखित जानकारी पठाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer