२०८१ जेठ १ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा ‘नगर खेलकुद महोत्सव’


बिर्तामोड, फागुन २५ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको ‘नगर खेलकुद महोत्सव’ सम्पन्न भएको छ ।

माघ २६ गते देखि सुरु भएको दौड, निबन्ध लेखन, वादविवाद, चित्रकला, खेलकुद हाजिरजिवाफ, पोस्टर डिजाइनका प्रतियोगिताको फाइनल वीर अमरसिंह माविमा सम्पन्न भएको हो ।

विजेता हुनेहरुमा वादविवाद प्रतियोगितातर्फ कृतिका आचार्य पहिलो (निधि मावि), एलिजा भट्टराई दोस्रो (निधि मावि) र सृजा काफ्ले तेस्रो (न्युटन्स मावि) रहेका छन् । निबन्ध लेखनतर्फ पूर्णिका यादव पहिलो (न्युटन्स मावि), निकिता तामाङ दोस्रो (एभरेस्ट स्मार्ट एकाडेमी) र दिपशिखा प्रसाईं तेस्रो (नवोदय फनमिन) रहेका छन् ।

स्पोर्ट क्विजतर्फ निरज न्यौपाने, प्रज्ज्वल आचार्य प्रथम (कञ्चनजंघा मावि), निश्चल कटुवाल, प्रवेशहाङ लिम्बू दोस्रो (सरस्वती एन्जल्स) र प्रशन पौडेल, निशान न्यौपाने (मोहनमाया मावि) रहेका छन् ।

पोस्टर डिजाइनतर्फ प्रावि तह रियाना धिमाल पहिलो (एभरेस्ट स्मार्ट), सुकुन राजवंशी (न्युटन्स) र विभूत निरौला तेस्रो (एसेन्ट एकाडेमी) रहेका छन् । निमावि तहतर्फ अन्वेशष ढुंगेल पहिलो (न्युटन्स), अनुजा अधिकारी दोस्रो (निधि मावि) र सविना विश्वकर्मा तेस्रो (एसेन्ट एकाडेमी) रहेका छन् ।

मावि तहतर्फ उत्प्रेक्षा राजवंशी पहिलो (विराट ज्योति), प्रेमप्रकाश यादव दोस्रो (एसेन्ट एकाडेमी) र निनु भट्टराई तेस्रो (एभरेस्ट एकाडेमी) रहेका छन् ।

प्रतियोगिताको पेन्टिङ, ड्रोइङतर्फ प्रावि तहअन्तर्गत सुहना सिटौला पहिलो (न्युटन्स), इभाना खनाल दोस्रो (एसेन्ट) र ग्लोरियस गुरुङ तेस्रो (नवोदय फनमिन) भएका छन् । निमावि तहतर्फ चेन्जल राजवंशी पहिलो (न्युटन्स), विवेक राजवंशी दोस्रो (नवोदय फनफिन) र विकास राजवंशी तेस्रो (एसेन्ट एकाडेमी) भएका छन् ।

मावि तहतर्फ शौरभ टुडू पहिलो (एसेन्ट), सृष्टि शाह दोस्रो (नवोदय) र प्राश्ना खड्का तेस्रो (एभरेस्ट एकाडेमी) भएका छन् ।

प्रतियोगिताको दौडतर्फ विभिन्न तहअन्र्तगत विजेता छनोट गरिएको छ । सबै विधाका विजेताहरुलाई पहिलो, दोस्रो र तेस्रोले ४ हजार, २ हजार र १ हजार रुपैयाँ नगदसहित प्रमाणपत्रको व्यवस्था गरिएको थियो ।

प्रतियोगिताको छनोट चरणमा विधागत रुपमा दौडमा ६३ जना, निबन्ध लेखनमा ८ जना, वादविवाद प्रतियोगितामा ८ जना, चित्रकलामा १५ जना, खेलकुद हाजिरीजवाफमा ७ जना, पोस्टर डिजाइन र चित्रकलामा १६ जना छनोट भएका थिए ।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले प्रमाणपत्र तथा पुरस्कार प्रदान गरे ।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष किशोर पौडेल, कार्यपालिका सदस्य तिला गौतम, न्युटन्स अंग्रेजी स्कुलका प्रिन्सिपल देवेन्द्र हुमागाईं, प्रकाश लिङदेन, राज आङदेम्बेलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer