२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

पत्रकार सहारा उपचार कोषलाई अन्तर्राष्ट्रिय झापाली समाजको अढाई लाख सहयोग


बिर्तामोड, फागुन २७ । अन्तर्राष्ट्रिय झापाली समाजले पत्रकार सहारा उपचार कोषलाई दुई लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको कोषमा समाजले शनिबार दुई लाखको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गरेको हो ।

समाजका अध्यक्ष मुकुन्द ढुंगाना, संस्थापक अध्यक्ष तथा संरक्षक दीनेशकुमार पोखरेल र मध्यपूर्व क्षेत्रीय सहसंयोजक भवानी कोइरालाले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए । समाजले यसअघि ५० हजार रुपैयाँ कोषलाई दिएको थियो ।

समाजका अध्यक्ष ढुंगानाले पत्रकारको सामाजिक सुरक्षा र दीगो हित गर्ने उद्देश्यले स्थापित कोषमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । समाजका संस्थापक अध्यक्ष पोखरेलले नागरिकलाई सुसूचित गराउन अहोरात्र खटिने पत्रकारहरुलाई घाइते र विरामी हुँदा कोषको ब्याजबाट उपचार खर्च दिने पत्रकार सहारा उपचार कोषको प्रशंसा गरे ।

सोही कार्यक्रममा बिर्तामोडका व्यवसायी तथा सामाजिक व्यक्तित्व मोहन पोखरेलले कोषका लागि ५१ हजार रुपैयाँको चेक प्रदान गरे । उनले कोषमा आगामी दिनमा पनि सहयोग गर्ने बताए । महासंघका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सहजीकरण सहसचिव अर्जुन राजवंशीले गरेका थिए ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषको रकम लक्ष्यअनुसार दाताहरुकै सहयोगबाट एक करोड रुपैयाँ पुग्न लागेको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer