२०८१ जेठ १ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

सञ्जीत झापा गोल्डकपका सर्वोत्कृष्ट खेलाडी


बिर्तामोड, फागुन २९ । छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको विधागत पुरस्कारमा च्याम्पियन टोली चर्च ब्वाइज युनाइटेडका खेलाडीको बर्चस्व रह्यो ।

अन्य विधागत पुरस्कारमा पनि चर्च ब्वाइजको बर्चस्व रह्यो । चर्च ब्वाइजका दीप कार्की उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर चर्च ब्वाइजकै सर्ज डिका, उत्कृष्ट फरवार्डसँगै उच्च गोलकर्ताको पुरस्कार अबयोमी ओलुवासेउन फकुन्लेले पाउँदा एपिएफका शरण बस्नेत उत्कृष्ट मिडफिल्डर चुनिए ।

त्यसैगरी, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका रुबेन राई भए । उदीयमान खेलाडीको पुरस्कार भने झापा–११ का कप्तान पेमा तामाङले हात पारे । उनीहरुले जनही नगद २५ हजार पुरस्कार पाए ।

सोमबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको फाइनल भिडन्तमा चर्च ब्वाइजले एपिएफ फुटबल क्लबलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधिमाथि पहिलोपटक कब्जा जमाउन सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer