२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

अर्जुनधारामा मोटरसाइकलसहित अवैध भारतीय माछा बरामद


बिर्तामोड, फागुन ३० । सशस्त्र प्रहरी बल नेपाल शनिश्चरे बेस क्याम्पले ठुलो परिमाणमा प्रतिबन्धित भारतीय माछा बरामद गरेको छ ।

अर्जुनधारा– ६ स्थित बिहानी टोलमा तीनवटा मोटरसाइकलमा भित्र्याइएको ५ सय केजी प्रतिबन्धित माछा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो ।

बरामद भएका माछाहरूमा पमप्लेट रुपचन, पङ्गास र रहु प्रजातिका रहेका छन् । को. ९ प १६०८, मे. ३ प ९७६१ र मे. ४ प ९६४२ नम्बरको मोटरसाइकलमा भित्र्याइएको सडेगलेका माछा बरामद गरिएको बेस क्याम्प प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अवैध रुपमा भित्र्याउँदै गर्दा सशस्त्र प्रहरीलाई देखेर मोटरसाइकल छाडेर चालकहरू फरार भएका थिए । बरामद मोटरसाइकल मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको छ ।

बरामद गरिएको माछा बेस क्याम्प परिसरमा नष्ट गरिएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कुमारप्रसाद उप्रेती, खाद्य क्वारेन्टाइन काँकरभिट्टाका प्रमुख मुकेशकुमार सिंहलगायतको रोहबरमा खाल्डोमा पुरेर माछा नष्ट गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer