२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

आरआर पोलिक्लिनिकमा मानसिक रोगसम्बन्धी निःशुल्क शिविर हुने


बिर्तामोड, फागुन ३० । झापाको बिर्तामोडमा सञ्चालित आरआर पोलिक्लिनिकले मानसिक स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

आज भद्रपुररोडस्थित आरआर पोलिक्लिनिकको कार्यालयमा भएको पत्रकार सम्मेलन शिविरका बारेमा जानकारी गराइएको हो ।

आरआर पोलिक्लिनिकका सञ्चालक महेन्द्रबहादुर राईका अनुसार झापासहित इलाम, पाँचथर र ताप्लेजुङका मानसिक बिरामीलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

शिविरमा वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डक्टर बबिता शर्माले बिरामीको हेरचाह तथा परामर्श गर्ने छिन् ।

भारतको एम्स अस्पतालमा चार वर्ष सेवा गरेर झापा फर्किएकी डक्टर शर्माले चैत १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने शिविरमा बिरामीको उपचार गर्ने सञ्चालक राईले बताए ।

शिविरमा दैनिक २० जना मात्र बिरामीलाई परामर्श दिइने आरआर पोलिक्लिनिकले जनाएको छ । शिविरमा बिरामीको निःशुल्क जाँच गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer