२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

राष्ट्रिय फुटबल टिममा बिर्तामोडका चारसहित झापाका सात खेलाडी


बिर्तामोड, फागुन ३० । नेपाली राष्ट्रिय पुरुष फुटबल टिममा झापाका सातजना खेलाडी परेका छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टो एनेसले युवा खेलाडी समेट्दा झापाका सातजना खेलाडी टिममा परेका हुन् ।

टिममा परेका झापाका सातजनामध्ये चारजना खेलाडी बिर्तामोड नगरपालिकाका हुन् । नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीका अनुसार अभिषेक बराल, हिसुब थपलिया, विशाल बस्नेत र उत्सव राई बिर्तामोडका हुन् ।

त्यस्तै, अनन्त तामाङ र सौभाग्य राई (सञ्जीत) शिवसताक्षी नगरपालिकाका हुन् भने रोहण कार्की कनकाई नगरपालिकका हुन् ।

भिन्सेनजोले ६ नयाँ अनुहारलाई समेट्दै २३ सदस्यी टोली घोषणा गर्दा झापाबाट पहिलोपटक तीनजना खेलाडीले स्थान बनाएका छन् ।

रोहण कार्की, विशाल बस्नेत र सञ्जीत राई पहिलोपटक राष्ट्रियमा छनोट भएका हुन् । अनन्त लामो समयदेखि टिममा रहँदै आएका भरपर्दा डिफेन्डर हुन् । अभिषेक, हिसुब र उत्सव पछिल्लोपटक राष्ट्रिय टिममा रहेका थिए ।

गिरीका अनुसार अभिषेक सातदोबाटो, हिसुब जावलाखेल, विशाल खुमलटार, उत्सव मछिन्द्र, सञ्जीत हिमालयन शेर्पा, अनन्त चर्च ब्वाइज युनाइटेड र रोहण आरसी ३२ मा आबद्ध छन् ।

मलेसियाविरुद्ध शुक्रबार हुने मैत्रीपूर्ण खेलको लागि सातजना झापाली खेलाडी र एकजना प्रशिक्षक प्रवेश कटुवालसहित राष्ट्रिय टोली मलेसिया प्रस्थान गरिसकेको छ ।

त्यस्तै, यही टिममले फिफा विश्वकप एसिया छनोटको दोस्रो चरणको दुवै खेल बहराइनमा खेल्नेछ । दोस्रो चरणका खेल मार्च २१ (चैत ८) र मार्च २६ (चैत १३) मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer