२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

सुत्दाखेरी मुखबाट र्‍याल चुहिन्छ ? यसरी रोक्नुस्


 बिर्तामोड, चैत ३ । मुखबाट र्‍याल निस्कनु राम्रो कुरा हो किनकि र्‍यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै र्‍याल आउँछ ।

उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर र्‍याल बन्छ । कुनै खानेकुराको एलर्जी हुँदा वा औषधिले गर्मी गराउँदा र्‍याल चुहिन्छ ।

यस्तो समस्या हुँदा तकिया पनि फोहर हुन्छ अनि सँगै सुतेको मानिसका अगाडि लाजमर्दो पनि हुन्छ । यहाँ हामी त्यसको उपचार बताउँदैछौँ ।

तुलसीको पात
रातिको खानामा नपच्ने खानेकुरा नखानुस् । अनि सुत्नुअघि  दुईतीन तुलसीको पात चपाउनुस् र अलिकति पानी पिउनुस् । दुईतीन दिनसम्म यो उपाय गर्नुभएमा र्‍याल चुहिन छोड्छ ।

फिटकिरी
फिटकिरीको पानीले पनि र्‍यालको समस्याबाट छुटकारा दिलाउँछ । सुत्नुअघि यस्तो पानीले कुल्ला गर्दा मुखमा र्‍याल बन्न पाउँदैन ।

दालचिनी
दालचिनीको चियाले पनि र्‍याल चुहिने समस्यालाई हटाउँछ । दालचिनीको चियामा मह मिसाउनुभएमा अन्य स्वास्थ्य समस्यामा पनि राहत पाइन्छ ।

अमलाको धूलो
अमलाको धूलो मनतातो पानीमा हालेर पिउँदा पनि राति र्‍याल चुहिने समस्या आउँदैन । यसले पेट पनि ठिक राख्छ र एसिडिटीको समस्या पनि आउन दिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer