२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगर स्पोर्टस् मेनियामा एथ्लेटिक्सतर्फ मेचीनगर १० प्रथम


मेचीनगर, चैत ३ । झापाको मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८०’ अन्तर्गत एथ्लेटिक्स विधाका प्रतियोगिता सम्पन्न भएको छ ।

स्थानीयस्तरमा नै खेलकुदको विकास र प्रवर्धन गर्ने उद्देश्यले फागुन २९ गतेदेखि मेचीनगरमा पहिलोपटक सञ्चालन भएको मेचीनगर स्पोर्ट्स मेनिया २०८० मा एथ्लेटिक्सतर्फ मेचीनगर वडा नम्बर १० ले १४ अंकका साथ प्रथम स्थान हासिल गरेको छ ।

नगरको १५ वटै वडा सम्मेलित प्रतियोगितामा १४ स्वर्णसहित मेचीनगर १० प्रथम भएको हो । प्रतियोगितामा ८ अंकसहित मेचीनगर–९ दोस्रो भएको छ । उसले २ स्वर्ण, ४ कास्य र २ रजत गरी जम्मा ८ वटा पदक प्राप्त ग¥यो ।

त्यस्तै, मेचीनगर–३ र १५ ले समान ११ अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल ग¥यो । मेचीनगर–३ र १५ ले समान १ स्वर्ण, ६ कास्य र ४ रजत सहित ११ पदक प्राप्त गरे ।

मेचीनगर स्पोर्टस मेनिया २०८० मा एथ्लेटिक्ससहित फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराते, तेक्वान्दो, र बक्सिङका खेलहरू सञ्चालन भइरहेको मेचीनगर खेलकुद विकास समिति उपाध्यक्ष रविन ओझाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer