२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

आफ्नो भवन निर्माण गर्न बाहुनडाँगी जेसिजले फुटबल आयोजना गर्ने


मेचीनगर, चैत ३ । जेसिजको सचिवालय भवन निर्माण गर्ने उद्देश्यसाथ झापाको बाहुनडाँगी जेसिजले फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

चैत १५ गतेदेखि आयोजना हुने कार्गिल सहिद सुरेश क्षेत्री स्मृति नकआउट फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको अध्यक्ष देबु बानियाँले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र पाउँदा उपविजेताले ५१ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडीलाई नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बानियाँले बताए ।

प्रतियोगितामा बाहुनडाँगी युवा क्लव, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, रोलिङ फुटबल क्लब धुलाबारी, शनिश्चरे फुटबल क्लब, कचनकवल फुटबल क्लब बनियानी, ब्रदर्स युनाइटेट क्लब चन्द्रगढी, सनसिटी एफसी इलाम र भारतको किलाराम जोत एकलब्य युवा क्लव गरी आठवटा टिमले सहभागिता रहनेछ ।

प्रतियोगिता सम्पन्न गर्न पाँच लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न कार्गिल सहिद सुरेश क्षेत्रीको परिवार भारतको ताराबारी निवासी नेत्रराज थापा क्षेत्रीले ३ लाख आर्थिक सहयोग गर्नेछन् ।

जेसिज भवन निर्माणको लागि सन् २०११ मा स्थानीय समाजसेवी हेमलाल भारतीले १० धुर जग्गा निःशुल्क उपलब्ध गराएको र सोही जग्गामा भवन निर्माणको काम सुरु गर्ने अध्यक्ष बानियाँले जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेल चैत २२ गते हुनेछ । जेसिजले यसअघि सन् २०११ मा जेसिज कप आयोजना गरेको थियो । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष नित्यानन्द चम्लागाईंले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer