२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

डोमालाल राजवंशी रंगशालामा खेलकुदबाहेकका गतिविधिमा रोक


बिर्तामोड, चैत ४ । नेपालमै ख्याति कमाएको झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा खेलकुद गतिविधिबाहेक अन्य कुनै पनि कार्यक्रम गर्न निषेध गरिएको छ ।

आज बिर्तामोड नगर खेलकुद विकास समितिको बैठकले हाल घेराबारा गरिएको स्थान र खेलमैदानभित्र खेलकुदबाहेकका गतिविधि गर्न निषेध गरेको हो ।

समितिले खेलकुदबाहेकका कार्यक्रमका लागि रंगशालापछाडिको मैदान प्रयोग गर्न दिने निर्णय गरेको समितिका अध्यक्ष विकास गिरीले झापा टुडेलाई जानकारी दिए ।

हाल देवी गुठीको मातहतमा रहेको रंगशाला भएको जग्गा केही व्यापारीले व्यक्तिगत समेत बनाएका छन् । तर, उनीहरुले भोगचलन गर्न भने सकेका छैनन् ।

सोही जग्गामा २०७२ सालदेखि स्थानीय सामाजिक व्यक्तित्व जलकुमार गुरुङको अगुवाईमा खेलमैदान संरक्षणको सुरुवात भएको थियो । साथै, सोही वर्षदेखि झापा गोल्ड कप सञ्चालन हुँदै आएको छ । हाल खेलमैदानको संरक्षण झापा गोल्डकपले गर्दै आएको छ ।

खेलमैदानको जथाभावी प्रयोग हुँदा तथा संरक्षण नहुँदा मैदान मर्मतका लागि प्रत्येक वर्ष गोल्ड कपको समयमा दस लाख रुपैयाँभन्दा बढी खर्च हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer