२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

एसइइको तयारी अन्तिम चरणमा, पास हुन ३५ प्रतिशत अनिवार्य


बिर्तामोड, चैत ५ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म परीक्षा सकिने बोर्डको परीक्षा तालिका छ । यो वर्ष देशभरबाट ५ लाख ३ हजारभन्दा बढी विद्यार्थीले एसइइ दिन परीक्षा फाराम भरेका छन् ।

झापासहित सबै जिल्लामा प्रश्नपत्र पुगिसकेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयमा पठाइएका प्रश्नपत्रहरू परीक्षा सुरु हुनुभन्दा केही समयअगाडि मात्रै सुरक्षासहित सम्बन्धित परीक्षा केन्द्रमा पठाइनेछन् ।

त्यस्तै, उत्तरपुस्तिका समेत सातै प्रदेशबाट पठाउने काम भइसकेको छ । प्रश्नपत्र बोर्डले पठाउने गरेको छ भने उत्तरपुस्तिका प्रदेश सरकारले पठाउने गरेको छ ।

पास हुन ३५ प्रतिशत अनिवार्य

बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार एसइइ गर्न लागेको हो । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले लेटर ग्रेड निर्देशिका अनुसार पहिलोपटक एसइइ गर्न लागिएको बताए ।

न्यूनतम ‘बी’ ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत अनिवार्य ल्याउनुपर्ने अध्यक्ष शर्माले बताए । यसपटक नयाँ लेटर ग्रेडिङ निर्देशिकाअनुसार न्यूनतम बी ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अनिवार्य गरिएको बताए ।

२ वटाको छुट्टा छुट्टै रूपमा ल्याउनुपर्ने व्यवस्था गरिएको हो । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था थियो । योपटक भने दुवै छुट्टाछुट्टै अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।

राष्ट्रिय पाठ्यक्रम परिषद्ले नयाँ पाठ्यक्रम लागु भएपछि कक्षा १० मा नयाँ ग्रेडिङ निर्देशका लागु गर्ने निर्णय भएको थियो । सोही आधारमा यो वर्ष नयाँ पाठ्यक्रमअनुसार पठनपाठन भएको र परीक्षा पनि सोही अनुसार हुन लागेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer