२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

नियमित महिनावारी नहुनुको कारण


बिर्तामोड, चैत ६ । नियमित समयमा महिनावारी नहुनुको कारणमा हर्मोनको असन्तुलनले गर्दा हो । शरीरमा हुने इन्ड्रोक्रााइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनले महिनावारी समयमै गराउने गर्दछ । यसरी उत्सर्जन हुने हर्मोनको सन्तुलन बिग्रियो भने महिनावारी गडबड हुन्छ ।

कहिलेकाहीँ खानपानको कारणले पनि महिनावारी तलमाथि पर्न जान्छ । पोषणको अभावका कारण महिला कमजोर हुने गर्दछन् । त्यस्तै, असाध्यै मोटाउँदा अथवा दुब्लाउदा शरीरमा महिनावारी गराउने तत्वको मात्रा घटबढ भई महिनावारीमा अनियमिता आउने गर्दछ ।

तनाव पनि महिनावारी गढबढीको कारणमध्यमै पर्छ । बढी तनाव भएको महिना महिनावारी तलमाथि पर्न सक्छ । परीक्षाको समयमा पनि किशोरीहरुको महिनावारीमा तलमाथि हुनसक्छ ।

पाठेघरका विभिन्न किसिमका समस्याले पनि महिनावारी रोकिन सक्छ । उमेरका कारण पनि महिनावारीमा गढबढी आएको हुनसक्नेमा ध्यान दिन जरुरी हुन्छ । जस्तो कि महिनावारी भएको सुरुको ४ देखि ५ वर्षको अवधिमा तलमाथि भइनै रहन्छ र महिनावारी सुक्ने अवस्थामा पनि तलमाथि परे डराउन पर्दैन ।

केही महिलामा १५ दिनको फरकमा पनि महिनावारी हुने समस्या हुन्छ । यो एकदम कम महिलामा हुने समस्या हो । महिनावारी हुने तालिका पहिलेदेखि नै १५ दिन रहेको भए सामान्य नै हो ।

एक्कासि १५ दिनमै फेरि दोहोरियो भने चाहिँ कुनै खराबी आएको बुझनुपर्ने हुन्छ । यस्तो बेलामा चाहिँ ढिलो नगरी जाँच गराउँदा राम्रो हुन्छ । पछिल्लो समय आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग बढेको छ । यसको गलत प्रयोगले पनि महिनावारीमा समस्या निम्त्याएको हुनसक्छ ।

महिनावारी ३० दिनमा भइरहेको थियो तर १० दिन ढिला भयो भने त्यसलाई गडबढी भएको बुझ्नुपर्छ । तर, कसैको हरेक महिना ४० दिनको फरकमा हुन्छ भने त्यसलाई गडबढी मान्न हुँदैन । महिनावारी गडबढी व्यक्तिपिच्छे फरक पर्ने हुन्छ ।

२८ वा ३० दिनमै महिनावरी हुनुपर्ने कुनै नियम छैन । सुरुदेखि जस्तो भइरहेको छ, अहिले पनि त्यस्तै हो भने त्यो सामान्य हो । यसैगरी तीनचार दिनको तलमाथि हुनुलाई पनि सामान्य नै मानिन्छ ।

अनियमित महिनावारीले हाम्रो दैनिक जीवनमा पनि असर पारिरहेको हुन्छ । यसबाट जोगिन शरीरलाइै चाहिने पोषक तत्वको नियमित सेवन गर्नुपर्छ । तनावलाई कम गर्ने विभिन्न उपायहरु अवलम्बन गर्नुपर्छ । समय–समयमा थाइराइड जचाइ राख्ने एवम डक्टरको परामर्श लिइरहने गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer