२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने


बिर्तामोड, चैत ६ । विश्वभरि छरिएर रहेका झापालीहरुको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने भएको छ ।

संस्थाले आज तेस्रो क्षेत्रीय सम्मेलनबारे विज्ञप्ति निकालेर जानकारी दिएको हो । संस्थाका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नविन पोखरेलले निकालेको विज्ञप्तिअनुसार सम्मेलन अप्रिल २७ र २८ तारिख हुनेछ ।

तेस्रो क्षेत्रीय सम्मेलन युरोपको माल्टामा गर्ने समाजको दोस्रो बैठकले निर्णय गरेको हो । एक कार्यकालमा एक क्षेत्रीय सम्मेलन गर्ने समाजको लक्ष्यअनुरुप यो कार्यकालमा युरोपमा हुन लागेको अध्यक्ष ढुंगानाले जानकारी दिए ।

यसअघि पहिलो क्षेत्रीय सम्मेलन सन् २०१८ को अप्रिल २६ देखि २८ तारिखसम्म कतारमा र दोस्रो क्षेत्रीय सम्मेलन सेप्टेम्बर २४ देखि २६ तारिखसम्म दक्षिण कोरियामा भएको थियो । त्यसयता कोरोना महामारी लगायतका कारण सम्मेलन हुन नसेकेको थिएन ।

तेस्रो सम्मेलनका लागि आयोजक राष्ट्र झापाली समाज माल्टाले भव्य तयारी सुरु गरेको छ । सम्मेलनमा विश्वभरि रहेका झापालीलाई एकीकृत गर्दै आपसी भाइचारा बढाउँदै पहिलो र दोस्रो क्षेत्रीय सम्मेलनमा घोषणा गरिएको बृहत लगानीलाई मूर्तरुप दिन गृहकार्य गर्ने जनाइएको छ ।

त्यस्तै, संस्थालाई भविष्यमा आइपर्ने विभिन्न कार्यहरुमा आर्थिक सहजताका लागि अक्षयकोष स्थापना गर्ने तथा युरोप लगायत अन्य क्षेत्रमा राष्ट्रिय समितिहरु विस्तार गर्ने सम्मेलनले योजना बनाएको छ ।

समाजले झापामा सामाजिक क्षेत्र करोड रुपैयाँभन्दा लगानी गरिसकेको छ । त्यस्तै, भौतिक संरचना निर्माणदेखि स्वास्थ्य, शिक्षाका क्षेत्रमा काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer