२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

दमकमा लागुऔषध प्रयोग न्यूनीकरणबारे सचेतना कार्यक्रम


बिर्तामोड, चैत ६ । झापाको दमकमा लागुऔषध प्रयोग न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

दमक नगरपालिका वडा नम्बर-६ को आयोजनामा भएको कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवनकुमार खड्काले सहजीकरण गरेका थिए ।

अध्यक्ष खड्काले वर्तमान औषधि नियन्त्रण नीतिहरू, नार्कोटिक ड्रग्स (नियन्त्रण) ऐन, औषधि ऐन, औषधि नियन्त्रणमा चुनौतीहरू, औषधि नियन्त्रणका लागि उपायहरू, जागरूकता अभियानहरूलगायत विषयमा प्रशिक्षण दिएका थिए ।

दमक ६ का वडा अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य तथा संघका केन्द्रीय सदस्य गौतम गुप्ता, कार्यपालिका सदस्य वीणा शाह, कमला बस्नेत खाती, संघका उपाध्यक्ष विवेक बजगाईं, इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक डम्बर विश्वकर्मा लयागतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer