२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

अबाकस स्कुलको सामाजिक सेवा दिवस बालगृहमा


बिर्तामोड, चैत ६ । झापाको बिर्तामोडमा रहेको अबाकस इङलिस स्कुलले सामाजिक सेवा दिवसको अवसरमा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

स्कुलले आज एक कार्यक्रमका बीच बिर्तामोडस्थित तारा नमस्ते बालग्रामलाई शैक्षिक सामग्री तथा खाजा उपलब्ध गराएको विद्यालयका सञ्चालक सन्देश मल्लले जानकारी दिए ।

विद्यार्थीलाई समाजसेवाप्रति उत्तरदायी बनाउने उद्देश्यअनुरुप बालगृहमा पुर्याएर उनीहरुकै हातबाट बालगृहमा आश्रित बालबालिकालाई आवश्यक सामग्री प्रदान गरिएको थियो ।

२७ जना आश्रित बालगृहका सबै बालबालिका बिर्तामोडका विद्यालयका अध्ययनरत रहेको बालगृहकी सञ्चालक यशोदा पोखरेल चापागाईंले बताइन् ।

अबाकस स्कुलले बालगृहमा रहेकाी एकजना बालिकालाई निःशुल्क पढाउँदै आएको छ भने अन्य सामाजिक गतिविधिमा पनि विद्यार्थीलाई संलग्न गराउँदै आएको सञ्चालक मल्लले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer