२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बुद्धशान्तिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


मेचीनगर, चैत ७ । झापाको बुद्धशान्तिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज दिउँसो ३ः२० बजेको समयमा बुद्धशान्ति १ नमुनाचोकस्थित भित्री सडकखण्डमा बुधबारेबाट भोटेटारतर्फ जाँदै गरेको प्र. ३–०२–००५ प ७१०९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने अन्दाजी ३३ वर्षीय धर्मेन्द्र सिँजाली मगरको मृत्यु भएको हो ।

टाउकोमा गम्भीर चोट लागेर घाइते भई बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा दिउँसो ३ः४० बजे उपचारको क्रममा उनको मृत्यु भएको हो ।

त्यस्तै, सोही मोटरसाइकलमा पछाडि सवार इलाम रोङ १ बस्ने अन्दाजी ३४ वर्षीय कैलाश राई गम्भीर घाइते भएका छन् ।

टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर अवस्थाका राईको बिएन्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer