२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

चाउरी, टुसा र हरियो आलु विषबराबर


बिर्तामोड, चैत ८ । आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलुलाई अन्य सागसब्जी, तरकारीमा मिसाएर मात्र नभई तरकारी बनाएर उसिनेर तारेर आदि विभिन्न तरिकाले पकाउन सकिन्छ ।

विश्वभर नै आलुको प्रयोग हुने गरेको छ । अझ नेपाल र भारत लगायतको देशमा त यसको उत्पादन तथा उपभोग बढी हुने गरेको छ । आलुलाई भण्डारण गरेर राख्ने गरिएको छ र यसलाई आवश्यकता अनुसार प्रयोग गर्ने गरिएको छ ।
तर, यसरी भण्डारण गरिएको आलु प्रयोगले त्यति फाइदा भने पु–याउँदैन । यस्ता केही आलु छन्, जसालई प्रयोग गर्दा त्यसले नकारात्मक असर पर्छ ।

चाउरी परेको आलु

लोमो समय राखेको आलुमा रहेको पानीको मात्र नष्ट भएसँगै आलु चाउरिन पुग्छ । जसलाई बीऊको रुपमा प्रयोग गर्ने गरिन्छ । आलुलाई धेरै समय राखेपछि त्यो चाउरिन्छ, त्यसको टुसा उर्मन थाल्छ । यसैलाई बीऊको रुपमा प्रयोग गर्न सकिन्छ । यस्तो आलु सेवन गर्दा हानि पुग्छ । यस्तो चाउरी परेको आलुको सेवन गर्दा शरीरमा विषाक्त पदार्थ प्रवेश गर्छ ।

हरियो रंग

बजारमा खरिद गरेको बेला होस् वा सब्जी बनाउने बेला, बोक्रामा हरियो हुँदै गएको आलु सेवन नगरौँ । लामो समय राख्दा पनि आलु हरियो हुँदै जान्छ । यस्तो आलुको हरियो भाग काटेर प्रयोग गर्नुपर्छ । आलुको हरियो भागमा सेलेनाइन विषाक्त पदार्थ हुन्छ ।

टुसा आएको आलु

आलुलाई लामो समयसम्म भण्डारण गरेपछि त्यसमा टुसा अंकुराउन थाल्छ । यस्तो आलु रोप्नका लागि उपयोगी हुन्छ । तर, हामी टुसा अंकुराएको आलु सेवन गर्छौं, जो स्वस्थ्यकर मानिँदैन ।

यसो गर्दा पुग्छ फाइदा

आलु स्वादिलो र बहुउपयोगी परिकार मात्र होइन, स्वस्थ्यवर्द्धक पनि हुन्छ । आलुमा भिटामिन सि, बि कम्पलेक्स तथा आइरन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस तत्व हुन्छ । यदि आलुलाई उसिनेर बोक्रासँग सेवन गर्दा यसमा रहेको पोषक तत्व नष्ट हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer