२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मेची आँखा अस्पतालद्वारा आरओपीबारे चिकित्सकहरुसँग अन्तरक्रिया


बिर्तामोड, चैत ८ । मेची आँखा अस्पतालले रेटिनोप्याथी अफ प्रिम्याच्योरिटी (आरओपी) का विषयमा चिकित्सकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

झापाको बिर्तामोड ३ स्थित सैनिकमोडमा रहेको आँखा अस्पतालले बिर्तामोड, भद्रपुर लगायतका स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, आँखा रोग विशेषज्ञ, एनेस्थेसिया चिकित्सकसँग अन्तरक्रिया गरेको हो ।

समय नपुग्दै जन्मने बच्चामा देखिने प्रमुख समस्यामध्ये आँखाको पर्दामा असर गर्ने समस्याको आँखा जाँच गरिएन र उपचार भएन भने उनीहरुमा अन्धोपन हुन्छ । तसर्थ, सचेतना अभिवृद्धिका लागि आँखा अस्पतालले सम्बन्धित चिकित्सकसँग आरओपीका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डक्टर. पुरुषोतम जोशीका अनुसार आरओपी भएको बच्चाको जन्म भइसकेपछि प्रसूतिरोग विशेषज्ञ वा नवजात शिशु विशेषज्ञले विशेष ध्यान दिनुपर्ने हुन्छ ।

विशेषज्ञ डाक्टरले यसरी जन्मिएको बच्चाको आँखा जाँच गराउन सल्लाह दिए समयमै उपचार हुन्छ । बालरोग र स्त्रीरोग र नेत्र चिकित्सकसँग जनचेतना अभिवृद्धिका लागि अन्तरक्रिया कार्यक्रम गरिएको मेची आँखा अस्पतालका मोतियाबिन्दु तथा रेटिना विशेषज्ञ डा. विपिन बिस्टले बताए ।

आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका सचिव गणेश पोखरेलले गरेका थिए । अध्यक्ष गुरुङले मेची आँखा अस्पताल गुणस्तरीय तथा प्रविधिमैत्री सेवामा सदैब लागिपर्ने प्रतिबद्धता जनाए ।

डकटर पुरुषोतम जोशीले औचित्माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहोराले गरेका थिए ।

कार्यक्रममा आरओपी के हो, यसको उपचार कसरी गर्ने लगायतका विषयमा डा. जोशी र डा. विपिनले सहजीकरण गरेका थिए । कार्यक्रममा ४० जना चिकित्सकको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer