२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

पृथ्वीनगरमा खन्तीले हानेर आफ्नै साथीको हत्या


बिर्तामोड, चैत ८ । झापाको पृथ्वीनगरमा एक पुरुषले घटना आज बिहान ५ बजे खन्तीले हानेर आफ्नै साथीको हत्या गरेका छन् ।
भद्रपुर नगरपालिका–२ स्थित साविक पृथ्वीनगर गाविस गौरीशङ्करमा अन्दाजी ३० वर्षीय कमान सिंह राई (लोक) ले अन्दाजी ३५ वर्षीय सनम राई (गंगा) को हत्या गरेका हुन् ।

सनम र कमान साथी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कमान गए राति सनमको घरमा गएर सुतेका थिए ।
सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी कमानले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्या गरी कमान घटनास्थलमै रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । पुरानो रिसइबीले हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer