२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बुद्धशान्तिका तामाङले ल्याए लेकाली डोल्मो म्युजिक भिडियो


बिर्तामोड, चैत ११ । झापा बुद्धशान्तिका गायक पारस घिसिङ तामाङको लेकाली डोल्मो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

इजरायलमा बस्दै आएका पारसको स्वरमा रहेको लोक सेलो लेकाली डोल्मो म्युजिक भिडियो युट्युबमा रिलिज गरिएको छ । रिलिज भएसँगै उक्त म्युजिक भिडियो यति बेला चर्चामा रहेको पाइन्छ ।

तामाङको आवाज रहेको गीतमा शब्द सङ्गीत विश्व दोङ तामाङको रहेको छ । तामाङ सेलो भाकामा रहेको गीतको छायाङ्कन स्वयम्भू लगायत राजधानीका विभिन्न ठाउँमा गरिएको थियो ।

उक्त म्युजिक भिडियोमा विश्व स्याङबो तामाङ÷एलिसा घिसिङ तामाङ लगायतले अभिनय गरेका छन् भने निर्देशन प्रशान्त तामाङको रहेको छ ।

म्युजिक भिडियो युट्युब च्यानल पारस घिसिङ तामाङमार्फत सार्वजनिक गरिएको छ । पछिल्लो समयमा इजरायलका मञ्चहरूमा नियमित रूपमा आफ्नो प्रस्तुति दिँदै आएका उनी सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील छन् ।

उनले यस अघि पनि लोक आधुनिक लगायतका विभिन्न गीत तथा म्युजिक भिडियोहरू सार्वजनिक गरिसकेका छन् ।

गायक तामाङका सार्वजनिक गीतहरूमा सोल्टिनी मेरी, तमोर नदी, आफ्नै देशको माया, कान्छी, आइ लभ यु, बेसी झरौँला, लगायतका म्युजिक भिडियो युट्युबमा हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer