२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

अझै तीन दिनसम्म वर्षा हुने अनुमान


बिर्तामोड, चैत ११ । झापासहित कोशी प्रदेशका तराईका जिल्लामा सामान्यत आज मौसम बदली हुनेछ । पहाडी भू–भागमा पनि आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भेगको मौसम भने समान्यतः सफा रहने महाशाखाको अनुमान छ ।

आज राति आंशिक देखि साधरणतया बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशको बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मङ्गलवार पनि कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहारमा सिर्जित न्यून चापीय प्रणालीका कारण नेपालको मौसम प्रभावित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer