२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

सात महिनायता सहारा नेपालको बाह्य ऋण शून्य, नेपालकै ‘टप वान’ सहकारी


बिर्तामोड, चैत १४ । नेपालका ३१ हजार ३६३ सहकारीमध्ये झापाको सहारा नेपाल साकोस लगातार नेपालको सबैभन्दा ठुलो सहकारी संस्थामा पर्न सफल भएको छ ।

कारोबार र सदस्य सञ्जाल दुवै हिसाबले सहारा नेपाल नेपालकै ठुलो संस्थाको रुपमा स्थिपित भएको हो । कुल सम्पत्तिको आधारमा पनि सहारा उत्कृष्ट एकमा छ ।

सहारामा आबद्ध सदस्यहरुको संख्या १ लाख ६९ हजार १९२ जना रहेको छ । २०८० फागुन मसान्तसम्मको विवरणअनुसार संस्थाको कुल सम्पत्ति १६ अर्ब ६ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

संस्थाको सेयर पुँजी १ अर्ब ६८ करोड ११ लाख, जगेडा कोष १ अर्ब २४ करोड २ लाख, कुल बचत १२ अर्ब १९ करोड ७४ लाख, लगानी १० अर्ब ८१ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, संस्थागत पुँजी १ अर्ब २७ करोड ७६ लाख (७.९५ प्रतिशत) र विभिन्न कोषमा ४५ करोड ४६ लाख रहेको छ । संस्थासँग ३२.१० प्रतिशत तरलता रहेको छ । संस्थाबाट ७० हजार १३७ जनाले कर्जा लिएका छन् ।

संस्थागत अवस्थाको वित्तीय विवरणअनुसार सहाराको बाह्य ऋण शून्य छ । संस्थाले गत भदौ महिनामै बाह्य ऋणलाई शून्यका झारेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए ।

यसअघि साउन महिनाको विवरणअनुसार सहाराको बाह्य ऋण १ दशमलव ६३ प्रतिशत रहेको थियो । संस्थाको २५ करोड ९ लाख ७७ हजार ३२३ रुपैयाँ बाह्य ऋण रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer