२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कोइला व्यवसायी संघ झापाको अध्यक्षमा बस्नेत


बिर्तामोड, चैत १४ । कोइला व्यवसायी संघ झापाको अध्यक्षको अध्यक्षमा बिर्तामोडका व्यवसायी विनोद बस्नेत चयन भएका छन् ।

झापाका कोइला व्यवसायीहरुको आज बिर्तामोडमा भएको भेलाले बस्नेतको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो ।

बस्नेत झापा गोल्ड कपका अध्यक्ष हुन् भने एकका लागि एक अभियानका सहसंयोजक हुन् । उनले दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा सफल नेतृत्व सम्हालिसकेका छन् ।

यसअघि झापामा कोइला व्यवसायी संगठित गर्न अर्जुन चुडालको संयोजकत्वमा तदर्थ समिति बनेको थियो । तदर्थ समिति संयोजक चुडालको अध्यक्षतामा भएको व्यवसायीको भेलाबाट नेतृत्व चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा सुनिलकुमार जोधानी ‘पिन्टु’ (विमला देवी ट्रेड एन्ड सप्लार्यस), सचिव मनोहर अग्रवाल (मित्तल इन्टरप्राइजेज, सहसचिव सुमन भट्टराई (रुद्राक्ष इन्टरनेसनल ट्रेडिङ प्रालि) र कोषाध्यक्षमा रजनिस कर्नानी (प्लेटिनम् मार्केटिङ प्रालि) रहेका छन् ।

समितिको सदस्यमा चतुर्भूज घिमिरे, प्रकाश चौधरी, राकेश विन्दल र विनोदकुमार अग्रवाल रहेका छन् । झापामा दुई दर्जनभन्दा बढी कोइला व्यवसायी रहेका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वेदप्रकाश अग्रवाल, व्यवसायी विवेक घिमिरे, राकेश विन्दल, बन्दनकुमार मित्तल, बाबुलाल अग्रवाल, राजीव श्रेष्ठ, विनोद अग्रवाल, जगन्नाथ शर्मा खनाल, मनोज गोयललगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer